३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

आजको मौसमः कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी र बागमती प्रदेशमा बदली रही कोशी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुनेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वादुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवनको रत्ननगरमा यात्रुबाहक बस दुर्घटनाः १५ जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक

कुलेखानी-कलङ्की-हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं । हेटौँडा आवतजावतमा प्रयोग हुने कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड आज

नेपालको सुपर थ्री यात्रा आजको खेलमा निर्भर, हङकङ र बहराइन भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको

आजको मौसमः देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको

कति छ शुक्रबारका लागि विदेशी मुद्राको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) अमेरिकी डलर