२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

महिला टी–२० विश्वकप क्रिकेटः बंगलादेशको विजयी सुरुवात



एजेन्सी । आज (बिहीबार) बाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बंगलादशले विजयी सुरुवात गरेको छ ।

विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै जित हात पारेको हो । सारजहामा बंगलादेशले दिएको १ सय २० रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । उसका लागि साराह ब्रिसले ४९ रन बनाए पनि टोलीलाई जित भने दिलाउन सकिनन् ।

रितु मोनीले बंगलादेशका लागि २ विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । बंगलादेशका लाग सोभना मोस्तरीले ३६ र साथी रानीले २९ रन बनाएकी थिइन् ।

सस्किया होर्लेले बंगलादेशी तीन ब्याटरलाई पवेलियनको बाटो देखाइन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ