२ कार्तिक २०८३, सोमबार । October 19, 2026

अमेरिकन लिग सकरः मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी


१७ आश्विन २०८१, बिहिबार  

18
Shares

एजेन्सी । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले कोलम्बसलाई पराजित गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने लुइस स्वरेजले एक गोल गरेका थिए । त्यस्तै कोलम्बसका लागि डिएगो रोजी र चुचो हेर्नानडेजले एक एक गोल गरेका थिए ।

खेलको ८४औ मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि कोलम्बसले खेल बराबरी गर्ने अवसर गुमाएको थियो । यस खेलमा खेलको ६३औ मिनेटमा रुडी कामचोले रातो कार्ड पाएपछि कोलम्बस १० खेलाडीमा समिति भएको थियो । यो जितपछि इन्टर मियामीको ३२ खेलमा ६८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको कोलम्बसको ३१ खेलमा ५७ अंक रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि