१ आश्विन २०८३, बिहिबार । September 18, 2026

‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर’ भव्यरुपमा सम्पन्न (भिडियो रिपोर्ट)


१६ आश्विन २०८१, बुधबार  

18
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको १५ औं संस्करणको ‘इक्यान मल्टी–डेस्टिनेसन एजुकेशनल फेयर–२०२४’ भब्य रुपमा सम्पन्न भएको छ ।

बुधबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा सञ्चालन भएको एक दिने शैक्षिक मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको उच्च शिक्षाको सपना साकार पार्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने विश्वास गरिएको छ । विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सहि जानकारी र परामर्श दिनु मेलाको मुख्य उद्देश्य रहेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिएका छन् । अध्यक्ष भट्टराईका अनुसार मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि पुलको रूपमा स्थापित हुनेछ ।

यस्तै इक्यानकी उपाध्यक्ष गिताञ्जली शर्माले नेपाली विद्यार्थीहरुलाई विदेशी शिक्षा प्रणाली, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी दिने मेलाको उद्देश्य रहेको र उद्देश्य अनुरुप नै मेला सफल भएको जानकारी दिइन् ।

इक्यानले कोभिड–१९ महामारीपछि यसरी भौतिक रुपमा शैक्षिक मेलाको आयोजना गरेको यो पहिलो पटक हो । लामो समयपछि आयोजना गरिएको यो शैक्षिक मेलाबाट विद्यार्थीहरुले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएका शिक्षण सामग्री लगायतका बिषयमा ज्ञान लिने अवसर पाएको इक्यानका महासचिव दिपकराज भुसालको विश्वास छ ।

यस्तै इक्यानका कोषध्यक्ष आशिक कार्कीले नेपालबाट पछिल्लोसमय अध्ययनका लागि विदेश जाने ट्रेन्ड बढ्दै जाँदा विद्यार्थीहरूले सही मार्ग अपनाउन सकुन् भन्ने उद्देश्यले इक्यानले यो मेला आयोजना गरेको बताएका छन् ।

बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म भएको उक्त इक्यान शैक्षिक मेलामा हजारौँ विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । १५ औँ संस्करणको यो शैक्षिक मेलामा अध्ययनको लागि उपयुक्त देश छनोट बारे बुझ्न सहज भएको विद्यार्थीहरुको भनाई थियो ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको इक्यानले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ