५ चैत्र २०८१, बुधबार । March 19, 2025

त्रिकोणात्मक टी–२० सिरिजः टस हारेर क्यानडा विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले क्यानडा विरुद्ध टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी–२० खेल भएको छ , जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ । नेपालले आज आफ्नो टिममा २ परिवर्तन गरेको छ ।

आज नेपालले रिजन ढकाल र देव खनाललाई बाहिर राखेर सोमपाल कामी र ललित राजबंशीलाई टिममा सामेल गरेको छ । क्यानडाविरुद्धको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक