२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

अग्रिम टिकट बन्द नहुने ! स्वास्थ्य सामग्री, खानेपानी तथा खानेकुरा बसमै राखी बस चलाइने



काठमाडौं । यातायात व्यवसायीहरुको मंगलबार बसेको बैठकले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बन्द नगर्ने निर्णय गरेको छ ।

साथै व्यवसायीले विपद् सम्बन्धी एवं बाटोको अवस्था बारेमा प्रहरीले फेसबुक पेजमार्फत निरन्तर अपडेट गर्नुपर्ने माग पनि राखेका छन्। मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक बसले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, खाने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र सवारी सञ्चालन गर्ने भएका छन्।

यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा कुनै पनि हालतमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन नसकिने बताएपछि मंगलबार यातायात व्यवस्था विभागले व्यवसायीलाई बोलाएर छलफल गरेको थियो।

यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संगठन, उपत्यका प्रहरी प्रभाग लगायतका सरोकारवाला निकायको बैठकले अग्रिम टिकट बुकिङ बन्द नगर्ने तर बाटोको अवस्था बुझेर मात्रै टिकट काट्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले