३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

१ सय १४ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकले बढेको छ ।

मंगलबार नेप्से १ सय १४ दशमलव ७० अंकले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

हिजो ४ अर्ब रुपैयाँको पनि कारोबार नभएकोमा आज ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको