३ आश्विन २०८३, शनिबार । September 20, 2026

झन्डै ६ करोडमा बिक्री भयो एनपीएलको कमर्सियल राइट्स


१४ आश्विन २०८१, सोमबार  

27
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ ब्रान्ड लजिकले पाएको छ।

क्यानले बोलकबोल मार्फत यो अधिकारका लागि आवेदन खुलाएको थियो। जसमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँको बोली लगाउँदै ब्रान्ड लजिकले सो महत्त्वपूर्ण अधिकार प्राप्त गरेको हो। यस सम्झौताले ब्रान्ड लजिक र नेपाल प्रिमियर लिगको सहकार्यलाई थप दिगो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

ब्रान्ड लजिकले अब लिगको प्रचार(प्रसार, ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ।

सम्झौतासँगै, ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरू देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्न सक्ने अधिकार पाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली