१ श्रावण २०८२, बुधबार । July 16, 2025

झन्डै ६ करोडमा बिक्री भयो एनपीएलको कमर्सियल राइट्स



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ ब्रान्ड लजिकले पाएको छ।

क्यानले बोलकबोल मार्फत यो अधिकारका लागि आवेदन खुलाएको थियो। जसमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँको बोली लगाउँदै ब्रान्ड लजिकले सो महत्त्वपूर्ण अधिकार प्राप्त गरेको हो। यस सम्झौताले ब्रान्ड लजिक र नेपाल प्रिमियर लिगको सहकार्यलाई थप दिगो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

ब्रान्ड लजिकले अब लिगको प्रचार(प्रसार, ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ।

सम्झौतासँगै, ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरू देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्न सक्ने अधिकार पाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश