काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला लिग आजबाट (सोमबारदेखि) सुरु हुँदै छ ।
लिगमा सहभागी ६ क्लबका कप्तान तथा प्रशिक्षकले तयारी पूरा भएको र उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने बताएका छन् । लिगमा सहभागी ६ वटै टोलीले विदेशका राम्रा खेलाडी अनुबन्धित गरी टिम बलियो बनाएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकांश सहभागी हुने घरेलु महिला खेलाडी विभागीय टोलीमा आबद्ध छन् ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लि.ले आयोजना गरेको उक्त लिगमा मधेश युनाइटेड, चितवन शक्ति, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले प्रतिस्पर्धा गर्दै छन् ।
१९ असोजसम्म हुने लिगको सोमबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ललितपुरले काठमाडौं स्पाइकर्सविरुद्ध उद्घाटन खेलमा सामना गर्नेछ ।
प्रतिक्रिया