१५ पुस २०८२, मंगलबार । December 31, 2025

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको सहज जित



एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपुरले म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको छ।

आइतबार राति भएको खेलमा टोटेनह्यामले पहिलो हाफमा १ गोल गर्दा दोस्रो हाफमा २ गोल थपेको थियो। युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा ब्रेनान जोनसोनले तेस्रो मिनेटमै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। खेलमा युनाइटेड पहिलो हाफको अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो।

ब्रुनो फर्नान्डेस रातो कार्ड खाएर ४२औं मिनेटमा बाहिरिएपछि उसका लागि दोस्रो हाफ झनै कठिन रह्यो। दोस्रो हाफको सुरुवातमै डेजन कुलुसेभस्कीले गोल गर्दा युनाइटेड दबामा परेको थियो। टिमका लागि तेस्रो गोल डोमिनीक सोलान्केले ७७ औं मिनेटमा गरेका थिए। युनाइटेडले सिमित अवसर पाएपनि गोल गर्न सकेन्।

त्यस्तै प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्ला इप्सविच टाउनसँग २–२ गोलको बराबरीमा रोकियो। जितपछि टोटेनह्यामको ६ खेलबाट १० अङ्क भएको छ। युनाइटेड ७ अङ्कका साथ १२ औं स्थानमा छ।

बराबरी खेलेको एस्टन भिल्ला १३ अङ्कका साथ पाँचौं स्थानमा छ। इप्सविच टाउन भने ४ अङ्क बनाएर १५ औं स्थानमा छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई