४ असार २०८३, बिहिबार । June 18, 2026

बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ७० पुग्यो, ४२ अझै बेपत्ता


१३ आश्विन २०८१, आइतबार  

18
Shares

काठमाडौं । गएको बिहीबारदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार विपद्मा परि हालसम्म पनि ४२ जना बेपत्ता रहेका छन् । यस्तै १ सय ११ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा