२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सर्‍यो ईक्यान मल्टिडेस्टिनेशन एजुकेशनल फेयर, असोज १६ गते बुधबार हुने


१३ आश्विन २०८१, आइतबार  

15
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आयोजनामा २९ सेप्टेम्बर (आइतबार) हुने भनिएको १५ औं संस्करणको ईक्यान मल्टिडेस्टिनेशन एजुकेशनल फेयर, २०२४’ सरेको छ ।

कोभिड महामारीपछि पहिलो पटक आयोजना हुन लागेको मेला विगत ३ दिनदेखि परेको अविरल बर्षा र त्यसपछि आएको बाढी र पहिरोले देशमा ठुलो धनजनको क्षति भएपछि सरेको हो । आइतबार एक विज्ञप्ती जारी गर्दै ईक्यानले अब उक्त शैक्षिक मेला असोज १६ गते बुधबार हुने जनाएको छ ।

नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवं परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । मेलामा विद्यार्थीले विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने ईक्यानले जनाएको छ ।

काठमाडौंर्को एभरेष्ट होटलमा हुने उक्त शैक्षिक मेलामा विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ