७ माघ २०८१, सोमबार । January 20, 2025

सर्‍यो ईक्यान मल्टिडेस्टिनेशन एजुकेशनल फेयर, असोज १६ गते बुधबार हुने



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आयोजनामा २९ सेप्टेम्बर (आइतबार) हुने भनिएको १५ औं संस्करणको ईक्यान मल्टिडेस्टिनेशन एजुकेशनल फेयर, २०२४’ सरेको छ ।

कोभिड महामारीपछि पहिलो पटक आयोजना हुन लागेको मेला विगत ३ दिनदेखि परेको अविरल बर्षा र त्यसपछि आएको बाढी र पहिरोले देशमा ठुलो धनजनको क्षति भएपछि सरेको हो । आइतबार एक विज्ञप्ती जारी गर्दै ईक्यानले अब उक्त शैक्षिक मेला असोज १६ गते बुधबार हुने जनाएको छ ।

नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवं परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । मेलामा विद्यार्थीले विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने ईक्यानले जनाएको छ ।

काठमाडौंर्को एभरेष्ट होटलमा हुने उक्त शैक्षिक मेलामा विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पद तथा गोपनियताको शपथ लिँदै ट्रम्प, यस्तो छ तयारी

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो

एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको