२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

झ्याप्लेखोला पहिरो अपडेटः हालसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो



धादिङ । धादिङको झ्याप्लेखोलामा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

पहिरोमा पुरिएका ३ वटा बसबाट हालसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

उक्त बसबाट १३ जनाको शव निकालिएको हो । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ८ जनाको शव निकालिएको छ । त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति