२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

झ्याप्लेखोला पहिरो अपडेटः २७ जनाको शव निकालियो, अरु बसहरु पनि पुरिएको आशंका



काठमाडौं । अविरल बर्षापछि धादिङको झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २७ जनाको शव निकालियो छ ।

आइतबार बिहान मात्रै उक्त पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव निकालिएको हो । उक्त पहिरोमा अरु पनि बसहरु पुरिएको आशंकासहित यतिबेला खोजि कार्य चलिरहेको प्रहरीले जनाएको छ । सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो। झ्याप्ले खोलामै आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको थियो। बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो।

१४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

च्याम्पियन्स ट्रफीः दोस्रो सेमिफाइनल खेल आज, न्यूजील्याण्ड र दक्षिण अफ्रीका भिड्दै

काठमाडौं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव