५ चैत्र २०८१, बुधबार । March 20, 2025

अरुण, दुधकोशी, सुनकोशी लगायतका ठुला नदीहरुमा जलसतह खतरास्तर नजिक



काठमाडौं । शुक्रबारदेखि परेको अविरल बर्षाका कारण यतिबेला देशभरका केही ठुला नदीहरुमा जलसतहले खतराको तह पार गरेको छ ।

पूर्वमा संखुवासभाको अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगंगासम्मका लगभग सबै नदीमा जलसतह खतराको तह नजिक रहेका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकोकाले जलसतह अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

यस्तै आगामी २४ घण्टा थप भारी बर्षाको पूर्वानुमान गरिएकाले समेत अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत महाशाखाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर