१९ माघ २०८१, शनिबार । February 1, 2025

देशभर भारी बर्षा, बाढी, पहिरो र भू–क्षयको जोखिम कायमै



काठमाडौं । शुक्रबारदेखि देशभर भारीदेखि अतिभारी बर्षा भइरहेको छ ।

यो क्रम शनिबारसम्मै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरी वर्षा भइरहेको महाशाखाले जनाएको छ। शनिबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहेको छ भने अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी,मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक वा दुई स्थानहरुमा दिउँसो अति भारी वर्षा समेत हुने महाशाखाको पूर्वानुमान छ।

वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन–जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले