१९ माघ २०८१, शनिबार । February 1, 2025

देशभरका ३३ नदी तथा खोलामा भिषण बाढी, सचेत भएर बस्न आग्रह



काठमाडौं । २४ घण्टादेखि परेको निरन्तरको झरीका कारण बागमतीसहित देशका विभिन्न ठुला नदी तथा खोलाहरुमा जलसतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लगातार परेको बर्षाका कारण बागमती नदीसहित १६ जिल्लाका ३३ वटा नदी तथा खोलाले खतराको सतह पार गरेको छ । त्यसैले यी ३३ स्थानका नदी तथा खोला नजिकका स्थानीयलाई सतर्क रहन आग्रह समेत गरिएको छ ।

पाल्पा, मकवानपुर, पूर्वी नवलपरासी, अर्घाखाँची, रुपन्देही, पश्चिम नवलपरासी, बारा, काभ्रे, ललितपुर, सप्तरी, मोरङ, झापा, इलाम, उदयपुर, मोरङ र पर्साका भएर बग्ने नदी तथा खोलाले सतह पार गरेका हुन् ।

नारायणी, तिनाउ, कोशी, केशलीया, कन्काई, मेची नदीमा पानी बहावले खतराको सतह पार गरेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको