४ असार २०८३, बिहिबार । June 18, 2026

एफसी यू–२० एसियन कप छनोटः नेपाल उज्वेकिस्तानसँग पराजित


९ आश्विन २०८१, बुधबार  

12
Shares

काठमाडौं । एफसी यू–२० एसियन कप छनोटअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको हो ।

चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको हो । खेलको २४ र २७ औँ मिनेटमा उज्वेकिस्ताका साइदनुरल्लायभले दुई गोल गरे । त्यस्तै, खेलको २९ औँ मिनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३–० को अग्रता बनायो । त्यसपछि खेलको दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल नै थप्यो ।

उज्वेकिस्तानका लागि मिर्जाएभले ६८औँ मिनेटमा गोल गरे भने खेलको ८८ औँ मिनेटमा मेयिरबेक रेजाबालिएभल एक गोल गरे । खेलको ९०औँ मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गरेसँगै उज्वेकिस्तानले नेपालमाथि ६–० गोलको जित निकाल्यो । एसियन छनोटमा समूह ‘बी’मा रहेको नेपालको यो दोस्रो हार हो ।

पहिलो खेलमा कम्बोडियासँग नेपाल ४–१ गोलअन्तरले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । यता उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७–० गोलअन्तरले पराजित गरेको थियो ।

लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अङ्क जोडेको छभने तीन खेलको नेपालको तीन अङ्क नै रहेको छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असोज ११ गते बहराइनसँग खेल्नेछ । समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।

आगामी सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ । जसलाई विभिन्न दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यू–२० टोली एसियन कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा