७ कार्तिक २०८३, शनिबार । October 24, 2026

एकदिवसीय सिरिजमा अस्ट्रेलियामाथि इङल्याण्डको जित


९ आश्विन २०८१, बुधबार  

18
Shares

एजेन्सी । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा खेल बर्षाले पूरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो । यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर २ सय ५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको थियो ।

त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २ सय ९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । इङल्याण्डका लागि ह्यारी ब्रुकले अविजित १ सय १० रन बनाएका थिए । इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २–१ ले अस्ट्रेलिया अगाडि रहेको छ ।

अब सिरिजको चौथो खेल शुक्रबार हुने छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि