२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

रोकिएन नेप्सेको ओरालो यात्रा, मंगलबार ५८ दशमलव ९३ अंकले घट्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लाग्ने क्रम रोकिएको छैन् ।

यसदिन नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ विन्दुमा अडिएको छ। आइतबार ११ अंकले बढेको नेप्से सोमबार ५९ दशमलव ०२ अंकले घटेको थियो। सेन्सेटिभ इण्डेक्स २ दशमलव ०९ प्रतिशतले घटेर ४४४ दशमलव ८८ विन्दुमा अडिएको छ। उच्च अंकले घटेको सेयर बजारमा ३०९ स्क्रिप्सको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार अर्ब ९ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। अपर स्यांगी हाइड्रोपावरको सेयर सर्वाधिक ७ दशमलव ८३ प्रतिशतले बढ्यो। आज हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

सो कम्पनीको १८ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सानिमा रिलाइन्सको १७ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १४ करोड,अपी पावरको १३ करोड र सानिमा माइ हाइड्रोपावरको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो। आज सबै समूहको परिसूचक नकारात्मक देखिएका छन्।

फाइनान्स समूहको सूचक सर्वाधिक ४ दशमलव ६० प्रतिशतले घट्यो।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ