२ फाल्गुन २०८२, शनिबार । February 15, 2026

विश्वकप लिग–२ः अन्तिम खेलमा जित निकाल्ने दाउमा नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।

क्यानडा भ्रमणमा रहेको नेपालले आज अन्तिम खेल ओमानसँग खेल्न लागेको हो । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल शुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको हो ।

ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो । विश्वकप लिग–२ मा नेपालले कुल ७ खेल खेलिसकेको छ । त्यसमध्ये नेपालले एउटा मात्रै जीत निकालेको छ । लगातार तेस्रो खेलमा पराजित नेपाललाई शृंखलाको अन्तिम खेल जित्दै खराब प्रदर्शनलाई रोक्ने अवसर छ । त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ । त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ ।

अमेरिका भ्रमणमा पनि नेपालले लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को