३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

एएफसी यू–२० एशियन कप छनोटः समिरको ह्याट्रिकमा नेपालको जित



काठमाडौं । नेपालले एफसी यू–२० एशियन कप छनोट खेलमा आज भएको खेलमा घरेलु टोली चाइनिज ताइपेलाई ३–१ गोलले पराजित गरेको छ।

न्यु ताइपेस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा भएको खेलमा समिर तामाङले ह्याट्रिक गर्दै नेपाललाई ३ अंक दिलाए। जितसँगै समूह ‘बी’ को नेपालले २ खेलबाट ३ अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपे अंकविहिन छ। नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो भने चाइनिज ताइपे पहिलो खेलमा बहराइनसँग १–० ले पराजित भएको थियो।

खेल शुरु भएको ३२औँ मिनेटमा समिरले गरेको पहिलो गोलबाट नेपालले अग्रता लियो। पहिलो गोल गरेको ३ मिनेटमा नै समिरले फेरि अर्को गोल गरेर नेपाललाई २–० को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा याङ चाओजिङले गोल गरेर ताइपेलाई खेलमा फर्काउने प्रयास गरे।

खेल सकिन ६ मिनेट बाँकी रहँदा समिरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर नेपाललाई सहजै ३–१ गोलले जिताए। प्रतियोगितामा उनको यो चौथो गोल हो। यसअघि उनले कम्बोडियाविरुद्ध पनि एक गोल गरेका थिए।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी