४ असार २०८३, बिहिबार । June 18, 2026

रविको चेतावनीः कसैको राजनीति जोगाउन पक्राउ गरिए प्रतिवाद गछौँ


७ आश्विन २०८१, सोमबार  

24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पञ्चायत शैलीमा आफूमाथि धरपकड भएको बताएका छन्।

उनले आफू कसैको राजनीति बचाउनका लागि पक्राउ हुनु पर्ने अबस्था आएको भन्दै यो धरपकड सह्य नहुने पनि बताएका हुन् । साथै उनले प्रहरीको अनुसन्धानले दोषी नदेखिएको तथा सरकारका निकायको छानबिन गरेर पनि दोषाी नदेखिएको अवस्थामा जबर्जस्ती रुपमा आफू विरुद्ध कसैले आफ्नो राजनीति जोगाउन धरपकड गरेको बताए।

उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सरकारले सर्वाधिक मत ल्याएर संसदमा रहेको एक जनप्रतिनिधि विरुद्धको यो प्रकारको ट्रायल सह्य नहुने बताए। उनले आफ्ना समर्थकलाई सरकारको भरोसा नभएको भन्दै आवश्यक पर्दा यसको विरुद्ध सडकमा निस्कनका लागि पनि तयार हुन आग्रह समेत गरे।

उनले सरकार सहकारीपीडितको बचत फिर्ताका लागि कुनै कार्य नगरेको तर रवि लामिछानेलाई जसरी पनि पक्राउ गर्ने र रास्वपालाई सिद्याउने षड्यन्त्रमा लागेको भन्दै कुनै पनि हालतमा रास्वपा नसिद्धिने र झनै बलियो भएर उठ्ने विश्वास दिलाएका छन् । साथै उनले सहकारी पीडितहरुका लागि रास्वपा सडकमा उनीहरुको पैसा फिर्ताको आन्दोलनको नेतृत्व गर्न तयार भएको समेत बताए ।

साथै उनले चीन भ्रमणमा रहेको रास्वपा टोलीलाई स्वदेश फर्कन लागेको जानकारी पनि गराए। उनले सम्बोधन गरिरहँदा ठुलो संख्यामा उपिस्थित रास्वपा समर्थकले सरकार विरुद्ध कडा नाराहरु लगाएका थिए।

प्रहरीले आइतबार नै उनी गोर्खा मिडियामा हुँदाका व्यावसायिक साझेदार छविलाल जोशीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा