७ कार्तिक २०८३, शनिबार । October 25, 2026

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता


७ आश्विन २०८१, सोमबार  

15
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभाका क्रममा भएको ‘साइडलाइन’मा दुई देशका प्रधानमन्त्रीहरूबीच न्युयोर्कको लोते प्यालेसमा भेटवार्ता भएको हो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण छिट्टै गर्ने बताएको भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

साथै, द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको छ । बैंठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मोदीसँगको भेटवार्ता राम्रो भएको उल्लेख गरे । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाको सहभागिता थियो ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो । बैंठकपछि परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले दुई देश बीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको बताए ।

त्यसअघि प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि