४ असार २०८३, बिहिबार । June 18, 2026

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता


७ आश्विन २०८१, सोमबार  

15
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभाका क्रममा भएको ‘साइडलाइन’मा दुई देशका प्रधानमन्त्रीहरूबीच न्युयोर्कको लोते प्यालेसमा भेटवार्ता भएको हो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण छिट्टै गर्ने बताएको भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

साथै, द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको छ । बैंठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मोदीसँगको भेटवार्ता राम्रो भएको उल्लेख गरे । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाको सहभागिता थियो ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो । बैंठकपछि परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले दुई देश बीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको बताए ।

त्यसअघि प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा