९ चैत्र २०८१, आइतबार । March 24, 2025

इंग्लिस प्रिमियर लिगः आर्सनलसँग म्यानचेस्टर सिटीको बराबरी



एजेन्सी । जोन स्टोन्सले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ।

योसँगै उसले आर्सनलसँग् २–२ को बराबरी खेलेको हो। स्टोन्सको गोल अगाडिसम्म १० खेलाडीमा सीमित आर्सनल जिततर्फ अग्रसर थियो। बराबरीसँगै सिटी १३ अंकमा लिग तालिकाको शीर्षमा रह्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो। आर्सनल भने ११ अंकमा चौथो स्थानमा रह्यो।

इतिहादमा भएको खेलमा हर्लिङ हालान्डको गोलले सिटीले सुरुआती अग्रता लिएपछि रिकार्डो कालाफोरीले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर गोल गर्दै ग्याब्रिएल मागाल्हेसले आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर लियानार्दो थ्रोसार्ड दोहोरो पहेलो कार्ड पाएर मैदान बाहिर गएका थिए।

त्यसपछि दबाबमा राखेको सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बरारबीमा ल्याए। आइतबारकै अर्को खेलमा ब्राइटन र नटिङघम फरेस्टले २–२ कै बराबरी खेले।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुन्तलाको जुसबाट किसानको अतिरिक्त आम्दानी: घरापका दम्पतीको सफल व्यापार

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ स्थित घरापका किसान प्रेम

नक्कली मेडिकल रिपोर्ट रोक्न वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण डिजिटल बनाउने निर्णय

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका लागि

पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई

महायज्ञको नाममा दलित परिवारको घर तोड्नेलाई कडा कारबाही गर्ने पूर्वप्रधानमन्त्री खनालको माग

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको

‘भाइरल गोर्खे’को टिजरमा सौगातलाई ‘सुपरस्टार’को ट्याग, ऋषि धमला पत्रकारको भूमिकामा

काठमाडौं। निर्देशक निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’को टिजर