११ चैत्र २०८१, मंगलबार । March 25, 2025

इंग्लिस प्रिमियर लिगः बर्नमाउथमाथि सहज जीत निकाल्दै लिभरपुल शीर्ष स्थानमा



काठमाडौं । बर्नमाउथविरुद्ध ३–० गोल अन्तरको सहज जीत निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले ११ मिनेटभित्र तीन गोल गरेको थियो । लुइस डियासले दुई तथा डार्विन नुनेजले एक गोल गरेका हुन् । खेलको २६औं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । दुई मिनेटपछि डियाजले नै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि नुनेजले ३७औं मिनेटमा गोल गरेपछि लिभरपुल ३–० सहज जीत निकाल्यो । यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले पाँच खेलमा १२ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग समान अंक भए पनि लिभरपुल गोल अन्तरमा अगाडि छ । पराजित बर्नमाउथ समान खेलबाट पाँच अंकका साथ १३औं स्थानमा छ ।

लिगअन्तर्गत शनिवार नै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले उल्भ्स, फुलहमले न्युक्यासल युनाइटेड र टोटनहमले ब्रेन्टफोर्डलाई समान ३–१ ले पराजित गरे । यसैगरी साउथह्याम्पटन र इप्सवीच टाउन तथा लेस्टर सिटी र एर्भटनले समान १–१ को बराबरीमा रोकिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा

ओलीको टिप्पणी: ‘कुलमान मुद्दामा तिललाई पहाड बनाउने काम हुँदैछ !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । बालुवाटारमा आज सत्तारूढ दलहरूको महत्वपूर्ण बैठक सुरु भएको

‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’ !

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई