६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

अमेरिकी सकर लिगः मेसीको मायामी बराबरीमा रोकियो


६ आश्विन २०८१, आइतबार  

825
Shares

काठमाडौं । अमेरिकी सकर लिगमा लियोनल मेसीको टिम इन्टर मायामीले एक एक गोलको बराबरी खेलेको छ ।

गएराति भएको न्युयोर्क सिटी विरुद्धको खेलमा मायामी बराबरीमा रोकिएको हो । खेलको ७५औं मिनेटमा मायामीले क्याम्पानाको गोलबाट अग्रता लिएको थियो । तर खेलको अन्तिम ९५औं मिनेटमा सान्डेसले गोल फर्काएपछि खेल बराबरीमा टुंगियो । उता स्पेनिस लिगमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै सहज जित दर्ता गरेको छ ।

गोलकिपर कोर्टियसको आत्मघाती गोलबाट स्पानियोल विरुद्ध पछि परेको रियलले दोस्रो हाफमा ४ गोल हान्यो । रियलका लागि केलियन एम्बाप्पे, काभान्जल, रोड्रिगो र भिनियस जुनियरले गोल गरे । एम्बाप्पेको गोल भने खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट भएको हो । लिगमा रियल ६ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ ।

पहिलो स्थानमा बार्सिलोना छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि