१२ चैत्र २०८१, बुधबार । March 26, 2025

काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जित्यो



काठमाडौं । सेन्ट्रल एसियन भलिबल महासंघ (काभा) ले आयोजना गरेको काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार राति माल्दिभस्को मालेमा भएको खेलमा उज्वेकिस्तानी क्लब हुमो भिसीलाई सोझो सेटमा हराएर नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बनेको हो । फाइनलमा पनि आफ्नै उच्च लयमा देखिएको पुलिस टोलीले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २५–२२ ले जित्न सफल भयो।

पुलिसका लागि निर्णायक मानिएको सेटमा २५–२३ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो। लिगचरणमा पनि पुलिसले हुमोलाई ३–० को सोझो सेटमा हराएको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो। पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो।

त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो। शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्क वेबमा बिक्रीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेको हेलो सरकारको

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्लाको कालिका केन्द्रबिन्दु भएर ५ दशमलव ५ रेक्टर

अर्घाखाँची बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

रुपन्देही । अर्घाखाँचीको सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना

कुलमानको पछिपछि हितेन्द्रदेव शाक्य पनि अदालतमा, पुरानो मुद्दा टुंग्याइदिन माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

सरकारविरुद्ध सर्वोच्च पुगे कुलमान, पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस

काठमाडौं । कार्यकारी निर्देशकको पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान