२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

बाँकेमा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु, तीन घाइते



बाँके । बाँकेको राप्तीसोनारीको–४ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ तीन जना घाइते भएका छन्।

बुधबार साँझ करिब ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय धामपुरका अनुसार विपरीत दिशाबाट आउँदै गरेका भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो।

मृत्यु हुनेमा राप्तीसोनारी–४ घर भएका भे १२ प ३१९५ का ३५ वर्षीय चालक रामशरण थारु र सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडी सवार बर्दिया राजापुर– ४ घर भएर हाल राप्तीसिनारी-४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको छ।

भे १२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी–३ खैरेनीका १६ वर्षीय संगीत थारु र वडा नम्बर ३ खैरेनीकै २१ वर्षीय संजय थारु घाइते भएका छन्।

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय