१ माघ २०८२, बुधबार । January 14, 2026

एन्फा महिला लिगः पेनाल्टीमा चुक्दा चन्द्रपुर पुलिससँग बराबरीमा रोकियो



काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । चन्द्रपुरले खेलको ७० औं मिनेटमा पेनाल्टीको मौका पाए पनि त्यसलाई पुलिसकी गोलकिपरले रोकिन् । बराबरीसँगै पुलिस ६ खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । यस्तै चन्द्रपुर ६ खेलमा ७ अङ्कसहित छैटौं स्थानमा छ ।

एन्फा महिला लिगमा आजै दोस्रो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यो खेल अहिले साढे ३ बजे शुरू हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले