६ आश्विन २०८३, मंगलबार । September 22, 2026

भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस


१ आश्विन २०८१, मंगलबार  

18
Shares

काठमाडौं । सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा बढी अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । सोमध्येबाट राउतको नाम सिफारिस भएको हो । वरिष्ठ अधिवक्ता रहेका राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ २० गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिने छ । संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । न्यायपरिषद्ले राउतका अतिरिक्त सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाल, डा.नोजकुमार शर्मा, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको नाम पठाएको थियो ।

सर्वोच्चको वरिष्ठतम न्यायाधीशका रूपमा उनको नाम प्रधान न्यायाधीशमा सिफारिस भएको हो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा