५ चैत्र २०८१, बुधबार । March 19, 2025

नेप्सेको ओरालो यात्रा कायमै, ५७ अङ्कले घटेको बजार २५ सय बिन्दुमा ओर्लियो



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७ अङ्कले घटेर २५ सयको विन्दुमा झरेको छ ।

आज नेप्से परिसूचक ५७ दशमलव ०३ अङ्कले घटेर २५८० दशमलव ७६ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन आइतबार मात्रै परिसूचक ५० दशमलव ७३ अङ्कले घटेर २६३७ दशमलव ७९ को विन्दुमा अडिएको थियो ।

आइतबार बजारमा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयरको खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । ​​उपसमूहतर्फ रहेका १३ वटै समूह घटेका राताम्मे भएका छन् । सबै समूहहरू घटेका छन् । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

आज यस कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३१ करोड ११ लाख ४९ हजार रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर