११ असार २०८३, बिहिबार । June 26, 2026

सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर ! प्रतिवेदन बुझाउँदै समिति


३१ भदौ २०८१, सोमबार  

30
Shares

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ ।

समितिले तयार पारेको प्रतिवेदन सोमबार नै संसदमा पेस गर्ने तयारी छ । समिति सभापति सूर्यबहादुर थापाले सहकारी ठगीका विषयमा तयार पारिएको प्रतिवेदन दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने संसदको सम्भावित कार्यसूचीमा छ । गोर्खा मिडिया नेटवर्कको लगानी, ऋण र सम्पत्तिसहितको लेखापरीक्षण प्रतिवेदनमा अध्यक्षका रूपमा गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशकका रूपमा लामिछानेको हस्ताक्षर भेटिएको छ ।

समितिले लगानीको स्रोत, खर्च र कानुनी दायित्व जेसुकै भएपनि लामिछानेलाई उन्मुक्ति दिन सक्ने ठाउँ नदिएको प्रतिवेदनमा उल्लेख गरेको छ । समितिका एक सदस्यका अनुसार, कम्पनीका अध्यक्ष राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फारम भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुईवटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको पनि पुष्टि भएको छ ।

कम्पनीमा कार्यरत कर्मचारीलाई तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको पुष्टि भएको छ । तर, कम्पनीका प्रबन्ध निर्देशक लामिछानेले सहकारीको बचत कम्पनीमा सारेर आफ्नो लगानीका रूपमा देखाएर ५ वैशाख २०७७ मा कम्पनी रजिस्ट्रारको कार्यालयबाट शेयर कायम गराएको पनि खुलेको छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको समयमा मात्रै गोर्खा मिडिया नेटवर्कमा सहकारीको ८० करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा भित्रिएको समितिको ठहर छ । समितिले तयार परेको प्रतिवेदन अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको गरी ९५ करोड ८१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा भित्रिएको पाइएको छ ।

समितिले सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेसहित ९ जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  १० : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर