१४ बैशाख २०८२, आइतबार । April 27, 2025

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो



लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौं, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताए । विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् ।

मनाङवासी, बेँसीसहरलगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरालगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरी रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको