२२ चैत्र २०८२, आइतबार । April 5, 2026

विश्वकप क्रिकेट लिग २ः नेपाल–क्यानडा भिडन्त आज


३१ भाद्र २०८१, सोमबार  

1.8k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।

खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा शुरु हुनेछ। सात महिनापछि लामो फरम्याटमा मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण छ। लिग–२ को पहिलो सिरिजमै घरेलु मैदानमा खराव प्रदर्शन गरेको नेपाललाई त्यो कमजोरी दोहोर्‍याने छुट छैन।

क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ। भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ।

क्यानमा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ। घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन्। त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्ने छ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने