२३ मंसिर २०८२, सोमबार । December 8, 2025

विश्वकप क्रिकेट लिग २ः नेपाल–क्यानडा भिडन्त आज



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।

खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा शुरु हुनेछ। सात महिनापछि लामो फरम्याटमा मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण छ। लिग–२ को पहिलो सिरिजमै घरेलु मैदानमा खराव प्रदर्शन गरेको नेपाललाई त्यो कमजोरी दोहोर्‍याने छुट छैन।

क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ। भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ।

क्यानमा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ। घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन्। त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्ने छ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको