१ माघ २०८२, बुधबार । January 14, 2026

दोलखामा बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु, चार घाइते



दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।​

सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा गौरीशंकर ३ की ७५ वर्षिया काली शेर्पा र ५५ वर्षिया पसि शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। गम्भिर घाइते दुवैको उपचारको क्रममा सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका निङमार तमाङ, निङमा शेर्पा, अनुश शेर्पा र डोमा शेर्पाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले