२३ माघ २०८२, बिहिबार । February 5, 2026

इङलिश प्रिमियर लिगः चेल्सीसँग बोर्नमाउथ १–० गोल अन्तरले पराजित



एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बोर्नमाउथलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए । यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ किर्तिमान समेत बनेको छ ।

यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो । यस अघि प्रिमियर लिगमा १३ पहेलो कार्डको किर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो । यो चेल्सीको यस सिजनमा दोस्रो जित हो ।

४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ । त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल