५ चैत्र २०८१, बुधबार । March 19, 2025

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको शतप्रतिशत जित, लिभरपुल पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार चार खेलमा जित निकालेको छ।

शनिबार भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले पराजित गरेको छ । सिटीको जितमा दुवै गोल अर्लिङ हाल्यान्डले गरे। उनले खेलको १९ र ३२ मिनेटमा गोल गरेका थिए। उनले चार खेलमा नौ गोल गरिसकेका छन्। त्यसअघि ब्रेन्टफोर्डका विसाले २३ सेकेन्डमै गोल गरेका थिए।

लिगमा शीर्ष स्थानको सिटीको चार खेलबाट १२ अङ्क भएको छ भने लगातार चार खेलमा जित निकाल्ने एक्लो टोली भएको छ। यता लिभरपुल भने पराजित भएको छ। लिभरपुललाई नटिंघम फरेस्टले १–० गोलले पराजित गरेको छ । सअघि लगातार तीन खेलमा जित निकालेको लिभरपुल चौथो खेलमा भने पराजित भएको हो।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३–० र चेल्सीले वर्नमाउथलाई‌ १–० ले पराजित गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर