२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

एन्फा महिला लिगः चन्द्रपुरद्वारा सुदूरपश्चिम ४–० गोल अन्तरले पराजित



काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरले सुदूरपश्चिमलाई ४–० गोलले हराएको हो । चन्द्रपुरका लागि अनिता रानामगर, रजनी थोकर, एलिना चौधरी र सजनी थोकरले समान एक गोल गरे । यो जीतसँगै चन्द्रपुर चार खेलबाट पाँच अङ्कसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको सुदूरपश्चिमले अहिलेसम्म प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन । सुदूरपश्चिम तालिकाको पुछारमा रहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा १० टोली सहभागी लिगको शीर्ष पाँच टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ