३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक, को–को परे ?



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ ।

मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी एनपीएलले शुक्रवार मार्की खेलाडी सार्वजनिक गरेको हो । मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुनेछ ।यी खेलाडीमा आबद्ध हुने टोली भने टुंगो लगाइएको छैन । एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् । अब आठ टोलीमा उल्लेखित खेलाडीमध्येबाट एक–एक जना आफ्नो टोलीमा आबद्ध गर्नेछन् ।

यसअघि एनपीएलमा सहभागी टोलीको लिलामी गरिएको थियो। जसमा पोखरा फ्रेन्चाइज टोली सर्वाधिक ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैंयामा नेपाल टी–२० प्रा।लिले खरिद गरेको हो। त्यस्तै, दोस्रो सर्वाधिक मूल्य काठमाडौँले पाएको छ। काठमाडौँ फ्रेन्चाइजलाई ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँमा कान्तिपुर पब्लिकेसन प्रा.लि.ले बिडिङ गरेको थियो। यसअघि क्यानले नै नेपाल टी ट्वेन्टी लिग आयोजना गरेको थियो ।

तर उक्त प्रतियोगिताको लागि क्यानले कमर्सियल एवम् स्ट्रयाटजिक पार्टनर बनाएको कम्पनी नै नेपालबाट भागेपछि विवादित बनेको थियो । अहिले भने क्यानले नयाँ लिगको घोषणा गरेको हो । लिगका लागि क्यानले चन्द्र सूर्य र ब्याट अंकित लोगो सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा