३ आश्विन २०८३, शनिबार । September 19, 2026

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग दुई दिनपछि खुल्यो


२८ भदौ २०८१, शुक्रबार  

42
Shares

कर्णाली । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग दुई दिन लगाएर पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ ।

बुधबार परेको अविरल वर्षाले कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– १ स्थित गगनेखोला, हुल्म र एसमोडमा आएको पहिरो पूर्णरुपमा पन्छ्याएपछि सडक खुलेको्रे सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए ।

उक्त क्षेत्र निरन्तर पहिरो आउँदा राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधनदेखि यात्रुलाई सकसहुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले कालीकोट क्षेत्रका विभिन्न ठाउँमा निरन्तर पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ । गगनेखोलामा सबैभन्दा बाढी पहिरो जाने गरेको छ । यो आवमा उक्त क्षेत्रमा सडकलाई स्तरोवृद्धि गरिने भएको छ । राज्यले बजेट विनियोजनमा कर्णाली राजमार्गलाई प्रथामिकतामा राखेको छैन ।

निर्माण कम्पनीले राम्रोसँग काम नगर्दा वर्षाको याममा सडक अरुवद्ध हुने गरेको सडक डिभिजन कार्यालय सूचना अधिकारी जिटीको भनाइ छ । राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाम बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको छ ।

राजमार्गको स्तरोन्नति नहुँदा कर्णालीवासी बाह्रैमास निकै सास्ती खेप्दै आएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ