१ माघ २०८२, बुधबार । January 14, 2026

एन्फा महिला लिगः एपीएफ र आर्मीको तेस्रो जित



काठमाडौं । जारी एन्फा महिला लिग अन्तर्गत बिहीबार भएको खेलमा साविक च्याम्पियन एपिएफ र अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबले जित हासिल गरेका छन्।

चौंथो चरणको खेलमा दुबै विभागिय टोलीले आ-आफ्नो खेलमा जित हासिल गरे। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले वालिङलाई २–१ ले पराजित गर्‍यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले समान १–१ गोल गर्दा वालिङका लागि भने विदेशी खेलाडी सिसे एन्टोङगोले एक गोल फर्काएकी थिइन्।

४ खेलबाट १० अंकका साथ एपिएफ दोस्रो स्थानमा छ। समान १० रहे पनि गोलअन्तरका आधारमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ। आजै भएको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई ३–० ले पराजित गर्‍यो। आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १–१ गोल गर्दा अर्को एक गोल बागमतीले उपहार दिएको थियो। बागमतीका लागि सन्जु थिंगले आत्माघाती गोल गरेकी थिइन।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। राउन्ड रोविनको आधारमा जारी लिगमा पहिलो चरणमा सबै टोलीले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले