११ श्रावण २०८३, सोमबार । July 27, 2026

एन्फा महिला लिगः एपीएफ र आर्मीको तेस्रो जित


२७ भदौ २०८१, बिहिबार  

177
Shares

काठमाडौं । जारी एन्फा महिला लिग अन्तर्गत बिहीबार भएको खेलमा साविक च्याम्पियन एपिएफ र अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबले जित हासिल गरेका छन्।

चौंथो चरणको खेलमा दुबै विभागिय टोलीले आ-आफ्नो खेलमा जित हासिल गरे। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले वालिङलाई २–१ ले पराजित गर्‍यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले समान १–१ गोल गर्दा वालिङका लागि भने विदेशी खेलाडी सिसे एन्टोङगोले एक गोल फर्काएकी थिइन्।

४ खेलबाट १० अंकका साथ एपिएफ दोस्रो स्थानमा छ। समान १० रहे पनि गोलअन्तरका आधारमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ। आजै भएको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई ३–० ले पराजित गर्‍यो। आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १–१ गोल गर्दा अर्को एक गोल बागमतीले उपहार दिएको थियो। बागमतीका लागि सन्जु थिंगले आत्माघाती गोल गरेकी थिइन।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। राउन्ड रोविनको आधारमा जारी लिगमा पहिलो चरणमा सबै टोलीले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर