२९ पुस २०८२, मंगलबार । January 14, 2026

टीकटक कम्पनीमा जागिर खाने सुनौलो अवसर, के–के चाहिन्छ योग्यता ?



काठमाडौं । टीकटक कम्पनीले नेपालीको लागि जागिर खुला गरेको छ ।

कम्पनीको आधिकारिक वेबसाइटमा बताइए अनुसार सार्वजनिक नीति व्यवस्थापक अर्थात् पब्लिक पलिसी म्यानेजरको पद टीकटक कम्पनीले खुला गरेको हो । तर, जागिरको मुकाम भने नेपाल नभएर दुबईमा हुनेछ । विश्वभर ११ स्थानमा कार्यालय भएको टीकटकको मुख्यालय सिंगापुर र लस एन्जलसमा छन् भने अरु कार्यालयहरु दुबई, सिओेल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन र न्यू योर्कमा छन् ।

नेपाल हेर्ने एक मुकाम दुबई भएकोले दुबईमा आधार भएको कार्यालयमा नेपाल मामिला हेर्ने कर्मचारी टीकटकले खुला गर्न लागेको देखिएको छ । सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायसँग जोडिएर काम गरेको अनुभव भएको, गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव भएको तथा नेपाली र अंग्रेजी लेखन, पठनमा पोख्त हुनुपर्ने लगायतका योग्यताहरु टीकटकले तोकेको छ । तर, तलबसुविधा र अरुको बारेमा भने टीकटकले खुलाएको छैन ।

अनलाइन आवेदन दिन सकिने जागिरमा टीकटकले पैसा लिएर लिएको रिफरल नराख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले