९ चैत्र २०८२, सोमबार । March 24, 2026

अमेरिकी डलरको मूल्य स्थिर, युरो बढ्यो


२७ भाद्र २०८१, बिहिबार  

21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ ।

नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ । अमेरिकी डलर बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ ।

युरो आज एकको खरिददर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो बुधबार नेपाली बजारमा युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा थियो । यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा कायम भएको छ ।

त्यस्तै आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा तय भएको छ । बुधबार अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा थियो । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा रहेको छ । साउदी रियाल बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार कतारी रियालको एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको थियो । आजका लागि स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९७ र बिक्रीदर एक सय तीन रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ ।

त्यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ रहेको छ । यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा रहेको छ । त्यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३ रुपैयाँ एक पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसामा कारोबार हुनेछ । आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंकले हरेक दिन विदेशी विनिमयदर तोक्ने गर्दछ ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रामा अंकित सिक्काहरु नेपालमा सटही हुँदैनन् भने नेपालमा भारतीय रुपैयाँ एक सय वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन÷लैजान तथा सटही गर्न पाइन्छ । नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा वा नेपालमा आउँदा नगद अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा लैजान वा ल्याउन सक्छन् । सो भन्दा बढी नगद परिवत्र्य विदेशी मुद्रा नेपाल भित्र्याउनु परेको अवस्थामा भन्सार कार्यालयमा स्वघोषणा गरेर मात्र भित्र्याउनु पर्छ ।

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा लैजान वा नेपालमा आउँदा ल्याउन पाउने नगद नेपाली रुपैयाँको सीमा रु पाँच हजार रहेको छ । नेपाली नागरिकले स्रोत खुलेको आधारमा आफैसँग अधिकतम अमेरिकी डलर एक हजार पाँच सय वा सो बराबरको नगद परिवत्र्य विदेशी मुद्रा राख्न सक्दछन् ।

च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही सम्बन्धित नोट सटही गर्ने वा नगर्ने भन्ने अधिकार राष्ट्र बैंकको सफा नोट नीतिले निर्धारण गर्दछ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ६ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali