१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

नेप्सेको ओरालो यात्रा कायमै, ६ अर्बमा झर्‍यो कारोबार रकम


२६ भदौ २०८१, बुधबार  

54
Shares

काठमाडौं । सेयर बजार घट्ने क्रममा आज पनि रोकिएन। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४ दशमलव ३० अंकले घटेर ४६३ दशमलव ०७ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१७ स्क्रिप्सको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ७ अर्ब २४ रुपैयाँको सेयर कारोबार भएको थियो। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ५५ अंकले घटेको थियो। दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो।

यसैगरी थ्री स्टार हाइड्रोपावरको सेयर ९ दशमलव ४८ प्रतिशतले बढ्दा समाज लघुवित्त वित्तीयको ६ दशमलव ८१,कालिका लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ६६ र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ६ दशमलव ०४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ३४ अर्ब बढी मूल्यको कारोबार भयो। एनएलजी इन्स्योरेन्सको २१ करोड,ग्रीनलाइफ हाइड्रोपावरको १९ करुोड,समृद्धि फाइनान्सको १८ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको १५ अर्ब बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ६६ वटा स्टक्सको मूल्य बढ्दा १७४ वटाको घट्यो। बाँकी चारवटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली