९ कार्तिक २०८३, सोमबार । October 26, 2026

नेप्सेको ओरालो यात्रा कायमै, ६ अर्बमा झर्‍यो कारोबार रकम


२६ भदौ २०८१, बुधबार  

54
Shares

काठमाडौं । सेयर बजार घट्ने क्रममा आज पनि रोकिएन। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४ दशमलव ३० अंकले घटेर ४६३ दशमलव ०७ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१७ स्क्रिप्सको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ७ अर्ब २४ रुपैयाँको सेयर कारोबार भएको थियो। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ५५ अंकले घटेको थियो। दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो।

यसैगरी थ्री स्टार हाइड्रोपावरको सेयर ९ दशमलव ४८ प्रतिशतले बढ्दा समाज लघुवित्त वित्तीयको ६ दशमलव ८१,कालिका लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ६६ र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ६ दशमलव ०४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ३४ अर्ब बढी मूल्यको कारोबार भयो। एनएलजी इन्स्योरेन्सको २१ करोड,ग्रीनलाइफ हाइड्रोपावरको १९ करुोड,समृद्धि फाइनान्सको १८ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको १५ अर्ब बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ६६ वटा स्टक्सको मूल्य बढ्दा १७४ वटाको घट्यो। बाँकी चारवटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा