४ असार २०८३, बिहिबार । June 18, 2026

दक्षिण अमेरिकी विश्वकप छनोटः विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित


२६ भदौ २०८१, बुधबार  

468
Shares

एजेन्सी । विश्व च्याम्पियन अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोटमा दोस्रो हार बेहोरेको छ ।

कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् । कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । खेलले एक घण्टा छुँदा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे ।

निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो । हारका बाबजुद अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ । मंगलबारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हराए ।

भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा